असार मसान्तभित्र नवीकरण नगरे बीमा अभिकर्ता र सर्भेयरको लाईसेन्स खारेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2023 | 09:00:47 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ता तथा बीमा सर्भेयरको लाईसेन्स नवीकरण गर्न आग्रह गरेको छ । प्राधिकरणले २०८० साल आषाढ मसान्त सम्म लाइसेन्स नविकरण गर्न आग्रह गरेको हो ।

प्राधिकरणका अनुसार बीमा ऐन, २०७९ को दफा ९४ को उपदफा २ बमोजिम मिति २०७९।०७।२१ भन्दा अघि दर्ता तथा नवीकरण भएका सम्पूर्ण अभिकर्ता तथा सर्भेयरहरुले २०८० साल आषाढ मसान्त सम्म मात्र आफ्नो इजाजत पत्र नवीकरण गराउन सकिने कानुनी व्यवस्था रहेको छ ।

उक्त समय सम्ममा आफ्नो इजाजत पत्र नवीकरण नगराउने अभिकर्ता तथा सर्भेयरहरुको इजाजतपत्र स्वतः रद्द हुने प्राधिकरणले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved