एशियन लाईफ इन्स्योरेन्सद्वारा नयाँ सावधिक जीवन बीमा योजना सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2024 | 06:57:52 PM मा प्रकाशित

nepal oil ltd

एशियन लाईफ इन्स्योरेन्सले सावधिक जीवन बीमा योजना ‘बीमा श्री’ प्रचलनमा ल्याएको छ ।  सस्तो मूल्यमा बीमितलाई जोखिम रक्षावरणसँगै बचतको प्रत्याभूति दिने गरी यो योजना ल्याईएको कम्पनीले जनाएको छ।

 कम्पनीका सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ , संचालक अच्युत राज सापकोटा , संचालक शिला राजभण्डारी, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, कामु नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईंं, डेप्युटी मार्केटिङ हेड श्री विजय पराजुलीले संयुक्तरुपमा सोमबार बीमा योजना सार्वजनिक गरेका हुन् । 

कम्पनीका अनुसार  यो बीमा योजना अन्तर्गत १८ देखि ६५ वर्षसम्मको उमेरका व्यक्तिले यो बीमालेख खरिद गर्न सक्नेछन् । यो बीमा योजनामा न्यूनत्तम ५० हजार रुपैयाँदेखि माथि बीमितले आफ्नो आर्थिक अवस्थाका आधारमा जतिसुकै बीमाङ्क रोज्न सक्ने सुविधा छ ।

बीमित जीवित रहेको अवस्थामा बीमा अवधि पुरा भएपछि बीमाङ्क रकम र बीमा अवधि पुरा नहुँदै बीमितको निधन भएको अवस्थामा बीमितको इच्छ्याएको व्यक्ति वा हकवालाले बीमाङ्क रकम भुक्तानी पाउने कम्पनीले जनाएको छ। यस बीमा योजनामा बीमितले दुर्घटना मृत्यु लाभ, स्थायी अपाङ्ग÷असक्त सुविधा , बीमाशुल्क छुट सुविधार एशियन क्रिटिकल केयर सुविधा समेत रोज्न सक्छन् । मुनाफामा सहभागी नहुने गरी जारी गरिने यो बीमालेखले बीमितलाई कम बीमाशुल्कमा बीमालेख खरिद गर्न सहज बनाउने कम्पनीले जनाएको छ ।

 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved