प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी अध्यक्ष भट्टचनले लिइन् सपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2023 | 01:52:33 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडकी नव नियुक्त अध्यक्ष शिक्षा भट्टचनले पद तथा गोपनियताको सपथ लिएकी छिन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले प्राधिकरण कार्यालयमा आज उनलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्। 

प्रभु महालक्ष्मी लाइफको श्रावण १ गते साँझ संचालक उमेश लाल श्रेष्ठको अध्यक्षतामा बसेको पहिलो बैठकले शिक्षा भट्टचनलाई सर्वसम्मतिले अध्यक्षमा मनोनयन गरेको थियो। अमेरिकाबाट साइवर  सेक्यूरिटिमा स्नातकोत्तर गरेकी अध्यक्ष भट्टचन प्रभु ग्रुप अन्तर्गत विभिन्न कम्पनीको उच्च तहमा वसि अनुभव हासिल गरेकी छिन् 

आषाढ २९ गतेबाट एकिकृत कारोबार प्रारम्भ गरेको प्रभु महालक्ष्मी लाइफको सात सदस्यिय संचालक समिति रहेकोछ। अध्यक्ष भट्टचन लगायत संचालकहरुमा  उमेशलाल श्रेष्ठ, सुरेश सापकोटा, शंकर गौतम, ज्योती शेरचन  र सुसन शेरचन रहेका छन् ।

स्वतन्त्र संचालक मनोनयन हुन बाँकी रहेको कम्पनील जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved