पहिलो त्रैमासमा ४ लघुबीमा कम्पनीको नाफा ११ लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2023 | 02:44:07 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमास(साउन, भदौ र असोज) मा चार लघु बीमा कम्पनीले ११ लाख बढी खुद नाफा आर्जन गरेका छन् । यो तीन महिनामा जीवन र निर्जीवन गरी चार लघु बीमा कम्पनीले ११ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । 

चार लघु बीमा कम्पनीमध्ये सबैभन्दा धेरै क्रेष्ट माईक्रो लाईफले खुद नाफा आर्जन गरेको छ । यो अवधिमा क्रेष्टले ५ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको तथ्यांकले देखउँछ । त्यसैगरी दोस्रो धेरै नाफा कमाउनमा प्रोटेक्टीभ माईक्रो रहेको छ । प्रोटेक्टीभले यो अवधिमा ३ लाख २२ हजार खुद नाफा आर्जन गरेको हो । 

त्यसैगरी, गार्डियन माईक्रो लाईफले १ लाख ४२ हजार तथा नेपाल माईक्रोले १ लाख ३५ हजार रुपैयाँ खुन नाफा आर्जन गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved