हकप्रदको निर्णय गरेपछि हिमालयन रिलाई स्पष्टिकरण सोध्दै प्राधिकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2024 | 01:27:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले हिमालयन रि ईन्स्योरेन्सलाई स्पष्टिकरण सोध्ने तयारी गरेको छ । कम्पनीले प्राधिकरणबाट पूर्व स्विकृती नलिई हकप्रद निष्काशन गर्ने निर्णय गरेर सो समबन्धि प्रस्ताव साधारणसभामा लैजान लागेपछि प्राधिकरणले कम्पनीलाई  स्पष्टीकरण सोध्ने तयारी गरेको हो। 

कम्पनीले आइतबार साधारणसभाको सूचना प्रकाशन गर्दा ८० प्रतिशत हकप्रद ल्याउने निर्णय भएको पनि जानकारी दिएको छ । तर, कम्पनीले प्राधिकरणसँग स्विकृती नै नलिई हकप्रद समबन्धि सूचना सार्वजनिक गरेकाकोप्राधिकरणका कानुन शाखा प्रमुख शाम्भराज लामिछानेले जानकारी दिए । उनका अनुसार प्राधिकरणले यस बारे कम्पनीलाई स्पष्टिकरण सोध्ने तयारी गरेको हो । 

कम्पनीले आज साधारणसभाको सूचना प्रकाशन गरेको हो  । कम्पनीले बोनस शेयर वितरणपछि ८० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।   कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर घोषणा गरिसकेको छ । कम्पनीले बोनस सेयर पश्चात हुने चुक्ता पूँजी १० अर्ब ४० करोडको ८० प्रतिशत अर्थात् ८ अर्ब ३२ करोड रुपैयाँको हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले ४ प्रतिशत बोनस सेयर र हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गर्न फागुन २० गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले घोषणा गरेको ४ प्रतिशत सेयर बोनस फागुन ६ गतेसम्म कायम लगानीकर्ताले मात्रै पाउने छन् । कम्पनीले फागुन ७ गते बुक क्लोजको मिति तय गरेको छ । साधारणसभामा संस्थापक सेयरधनी समूहबाट १ जना र साधारण सेयरधनीबाट २ जना सञ्चालक पनि चयन हुनेछन् ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved