सरकारी बीमा कम्पनीले रोकेन कृषि बीमालेख, किसानलाई राहत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2024 | 11:16:05 AM मा प्रकाशित

laxmi  sunrise bank

बीमा कम्पनीहरुले पुरा प्रिमियम लिएर मात्र बीमालेख जारी गर्ने निर्णय गरेका छन् । सोहि अनुसार बीमा कम्पनीहरुले पुरा प्रिमियम नपाएको अवस्थामा कृषि समबन्धी बीमा नगर्ने भन्दै चैत १ गतेदेखि कृषि तथा पशुपंक्षीको बीमालेख विक्री रोकेका हुन् । 

सरकारले अनुदानको प्रिमियम बापतको रकम भुक्तानी नदिएको भन्दै बीमा कम्पनीहरुले उधारो बीमा पोलिसि विक्री नगर्ने भन्दै चैत १ गतेदेखि रोकेका छन् । तर, पुरा प्रिमियम तिरेको खण्डमा भने बीमालेख विक्री गरिएको बीमा कम्पनीका कर्मचारीहरुले बताएका छन् । 

निर्जीवन बीमा कम्पनीहरुको छाता संघठन नेपाल बीमक संघले सबै निर्जीवन कम्पनीहरुमा उधारो बीमा रोक्न भन्दै पत्रचार नै गरेको कम्पनीहरुले जनाएका छन् । सोहि अनुसार प्राय सबै कम्पनीले कृषि अन्तर्गत पुरा प्रिमियम नलिई बीमा नगर्ने गरेका छन् । 

तर, यता सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले भने कृषि अन्तर्गतको बीमामा पुरा प्रिमियम नतिरेको खण्डमा पनि पोलिसि विक्री गरिरहेको छ । सरकारको स्वामित्वको मम्पनी भएकाले नेपाल बीमा प्राधिकरण र अर्थ मन्त्रालयले रोक नभनेसम्म बीमालेख विक्रि रोकन नसकिने कम्पनीका एक अधिकारीले बिजपाटिलाई जानकारी दिए । 

उनले रकारको स्वामित्व भएकाले बीमक संघले परिपत्र गरेकै आधारमा पोलिसि बेच्न रोक्न नसकिने बिजपाटिलाई जानकारी दिए ।  

यसरी सरकारी कम्पनीले पोलिसि जारी गर्न नरोकेपछि किसानलाई थोरै भएपनि राहत पुगेको छ । अन्य कम्पनीमा बीमा गर्न गएका किसान फिर्ता आउने परे पनि सरकारीमा भने बेमा गरेरै फर्किने अवस्था अझै कायम नै छ । 

कृषि तथा पशुपंक्षीबो बीमा गर्दा सारकारले प्रिमियम रकमको ८० प्रतिशत र किसाने २० प्रतिशत बीमा कम्पनीलाई भुक्तानी गर्नु पर्ने प्रावधान रहेको छ । जस अनुसार किसानले कृषिको बीमा गर्द २० प्रतिशत प्रिमियम भुक्तानी गर्छ र बाँकी ८० प्रतिशत कम्पनीहरुले सरकारबाट भुक्तानी पाउने प्रावधान छ ।

तर, सरकारले सो ८० प्रतिशत वापतको अरबौँ रकम भुक्तानी नगरेको भन्दै चैत १ गतेबाट १०० प्रतिशत प्रिमियम नपाएको अवस्थामा पोलिसि विक्री नगर्ने अडान कम्पनीहरुले लिएका हुन् । सोहि अनुसार नै अहिले कम्पनीहरुले उधारो पोलिसि विक्री बन्द गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved