
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बीमा दाबी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन आग्रह गरेको छ । कम्पनीले आइतबार एक सूचना जारी गर्दै बीमितहरुलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।
साविकको सिद्धार्थ इन्स्योरेन्स र साविक प्रिमियर इन्स्योरेन्स मर्ज भई कायम भएको संस्थामा विभिन्न समयमा परेका दाबीहरुको निवेदन प्राप्त भएको र त्यसपश्चात हाल फछ्र्यौट प्रक्रियाका लागि आवश्यक कागजात सहित कम्पनीको सम्पर्कमा आउन आग्रह गरेको जनाइएको छ ।
जसका लागि कम्पनीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, शाखा तथा उप शाखा कार्यालय, बीमा सर्भेयरलाई सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।