सुन्दर बागमती सहकारीका ऋणीहरुको बीमा लिबर्टी माईक्रोमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2024 | 12:09:26 PM मा प्रकाशित

laxmi sunrise bank

सुन्दर बागमति बहुउद्देशीय सहकारीका सम्पूर्ण ऋणीहरुको बीमा लिबर्टी माईक्रो लाईफ इन्स्योरेन्समा हुने भएको छ । यस सम्बन्धमा ईन्स्योरेन्स र सहकारीबीच सम्झौता भएको छ । 

सम्झौता अनुसार पहिलो चरणमा २९ जना ऋणीहरुको बीमा सेवा सुचारु भएको छ । आफ्नो ऋणीहरुलाई भइपरी आउने दुर्घटनामा राहत होस् तथा संस्थाको ऋणको सुरक्ष्या गर्ने उद्देश्यले लघुजीवन बीमा गराइएको जानकारी संस्थाले दिएको छ ।

ईन्स्योरेन्सको तर्फबाट अमृत राज वैद्य तथा सुन्दर बागमति बहुउद्देशीय सहकारीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम तामाङले सम्झौता गर्दै सेवा सुचारु गरेका हुन् । संस्थाका प्रमुख कार्यकारी अधिकृत तामाङले निकै नै सस्तो, गुणस्तरीय, न्यून आय भएका वर्गलाई लक्षित तथा अनलाईनबाटै सेवा लिन पाउने भएकाले यो सेवा लिनलाई अन्य सहकारीहरुलाई पनि सेवाको बारेमा जानकारी गराउने बताए । 

अन्य सहकारी तथा वडाहरूमा समेत न्यून आय भएका ब्यक्तिहरूका लागि बीमा कार्यक्रम संचालन गर्दै लैजाने लिबर्टी माइक्रो लाईफको योजना रहेको जनाइएको छ  ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved