आफ्नो भूमिका छैन भन्दै उखु किसानको समस्याबाट सरकारले नै हात झिक्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2020 | 04:23:51 PM मा प्रकाशित

laxmi  sunrise bank

गत वर्ष सरकारसँग भएको माग पूरा नभएको भन्दै पुनः आन्दोलन गर्न काठमाडौँ आएका उखु किसानको पिडामा सरकार रमिते बनेको छ। किसानसँग प्रत्यक्ष रुपमा जोडिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नै किसानको आन्दोलनमा आफ्नो भूमिका नभएको भन्दै पन्छिएको हो।  

कृषकको अभिभावकको रुपमा लिईने कृषि मन्त्रालयका अधिकारीहरुले सरकारले दिनुपर्ने अनुदानको रकम दशै अगाडी नै भुक्तानी गरिसकेको भन्दै भूमिका नभएको बताएका हुन् । कृषि मन्त्रालयका नवनियुक्त सचिव डा. योगेन्द्रकुमार कार्कीले मन्त्रालयले दिनुपर्ने रकम दिएको भन्दै उद्योगीको समस्या उद्योग विभागको भएको भन्दै पन्सियेका हुन् । 

‘उद्योगीले भुक्तानी रोकेर किसानलाई दुख दिएको उखु किसानको माग हो, अन्तरमन्त्रालय हस्तक्षेप गर्न मिल्दैन, मेरो हिजो मात्र उद्योग सचिवसँग कुरा भएको छ, सचिवज्यूले उद्योगीसँग कुरा भैरहेको भन्दै उखु किसानको समस्या समाधान हुने जनाउनुभएको छ’, उनले भने । सरकारको तर्फबाट दिनुपर्ने ९२ करोड दशै अगाडी नै भूक्तानी भएको र १ करोड भुक्तानी गर्न बाँकी रहेको उनले बताए । 

उखु किसानहरुले ९२ करोड बढी रकम उद्योगबाट लिन बाँकी रहेको बताउँदै आएका छन् । ५ वर्षदेखि उखुको बक्यौता रकम नपाएको  उनीहरुको गुनासो छ । उखु किसानहरु गत वर्ष सरकारले झुक्याएको भन्दै बाँकी रकमको चेक नलिईकन जिल्ला नर्फकने अठोट गर्दै माइतघर मण्डलाको सडकमा बसेर शान्तीपूर्ण रुपमा आन्दोलन गरिरहेका छन् । शनिबार काठमाडौँमा आएका उनीहरु आईतबारदेखि माइतिघर मण्डलामा आन्दोलन गर्दै आएका छन् । 

किसानलाई भुक्तानी गर्न सबैभन्दा धेरै रकम रहेको श्रीराम सुगर मिल्स र अन्नपूर्ण मिल्सका सञ्चालक भने जग्गा तथा उद्योग बिक्री गरेर किसानलाई भुक्तानी गर्ने बताएका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved