‘चार घरे’ ब्राण्डको राजमा बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2023 | 05:20:19 PM मा प्रकाशित

laxmi  sunrise bank

रामेछाप जिल्लाको रामपुरमा उत्पादित गेडागुडी राजमा ‘चार घरे’ नामक ब्राण्डसहित बजार आउने भएको छ । जिल्लाको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा उत्पादन भएको राजमा ब्राण्डिङ, लेभलिङ र प्याकेजिङसहित बजारहरुमा आउने भएको हो । 

सगरमाथा कृषि तथा पशुपालन सहकारी संस्थाले राजमाको बजारीकरण सुरु गरेको हो । सहकारीका अध्यक्ष भिम बहादुर तामाङका अनुसार रामपुरको राजमालाई ‘चार घरे’ ब्राण्डमार्फत सियास र आर्या नामक संस्थासँग सहकार्य गरेर बजार पठाउन लागिएको हो । 

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले रामपुरको राजमा ब्रान्डिङ, लेभलिङ र प्याकेजिङसहित बजारमा आउने भएपछि खुशी व्यक्त गरेका छन् । 

चार घरे ब्राण्डमार्फत बजारमा आउने राजमा १ किलोग्राम र ५ सय ग्रामको प्योकटमा उपलब्ध हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved