मकै अलैची दुग्ध र तरकारीका कृषकलाई ५० लाख राशिको सहयोग जित्ने अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2023 | 11:46:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सहज च्यालेन्ज फन्डले मकै अलैची दुग्ध उत्पादन र तरकारीका कृषकलाई ५० लाख राशिसम्मको सहयोग जित्ने अवसर प्रदान गर्ने भएको छ। आज एक पत्रकार सम्मेलनको आयोजना गरेर सहज च्यालेन्ज फन्डले यस्तो जानकारी गराएको हो। 

सहज च्यालेन्ज फन्डकाअनुसार यी चार क्षेत्रका कृषकले चौथो चरणमा नवीन उत्पादन विकास तथा गुणस्तर सुधार र पाँचौ चरणमा पर्यायवरणीय तथा वातावरणीय पहलहरुका सेवाहरुमा सहयोग प्राप्त गर्नेछन। 

सहयोगको रकम ५ लाखदेखि ५० लाख रुपैयाँसम्म हुनेछ। प्रस्तावित सेवाको माग, सान्दर्भिकता र सेवा प्रदायकको क्षमताको जाँच गरि सहयोग रकम तोकिनेछ । सहज च्यालेन्ज फण्डको चौथो चरणमा उपकरण तथा मेशिनेरी खरिदका लागि सहयोग दिइनेछैन भने पाँचौ चरणमा सहज च्यालेन्ज फण्डबाट प्राप्त हुने सहयोगबाट ३०५ उपकरण तथा मेशिनेरी खरिदका लागि प्रयोग गर्न सकिनेछ।

यस च्यालेन्ज फण्डका लागि २०८० श्रावण ७ सम्म आवेदन दिन सकिनेछ । आवेदनको समय सीमा सकिएपछि पहिलो चरणको मुल्यांकन गरिनेछ र सफल आवेदकहरुलाई पूर्ण व्यवसायिक योजना बुझाउन अनुरोध गरिएको छ।

सहज च्यालेन्ज फण्डले अनुकूलित बित्तिय र प्राविधिक सहयोग मार्फत, लक्षित सेवाहरुमा पहुच बढाउँदै कोशी प्रदेशको कृषि क्षेत्रमा उच्च स्तरको व्यावसायीकरण र आर्थिक मूल्य– प्रवर्धनमा योगदान पु¥याउने लक्ष्य राखेको नेपाल कृषि बजार विकास कार्यक्रम (एन.ए.एम.डी.पी.) का टिम लिडर रिमा श्रेष्ठले बताएकी छन्। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved