मधेश प्रदेशमा कृषिले ओगटेको जमिनको क्षेत्रफल घट्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2023 | 04:48:09 PM मा प्रकाशित

laxmi  sunrise bank

मधेश प्रदेशमा कृषिले ओगटेको जमिनको क्षेत्रफ़ल् घट्दै गएको पाईएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मधेश प्रदेशको अर्ध वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७९-८० ले कृषिले ओगटेको जमिनको क्षेत्रफ़ल् घट्दै गएको देखाएको हो ।

प्रतिवेदनमा समीक्षा अवधिमा मधेश प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा ३.९३ प्रतिशत, तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफलमा ५.७२ प्रतिशतले र फलफूल तथा मसलाले ढाकेको क्षेत्रफलमा ९.१३ प्रतिशतले ह्रास आएको उल्लेख छ ।  तर उत्पादन भने बढेको छ । समीक्षा अवधिमा खाद्य तथा अन्य बालीको उत्पादन ३.६० प्रतिशत, तरकारी तथा बागवानी उत्पादन १६.८७ प्रतिशत र फलफूल तथा मसला उत्पादनमा १०.३६ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा पशुजन्य उत्पादनतर्फ दूध, मासु र अण्डाको उत्पादनमा क्रमशः ५.७० प्रतिशत, १४.९७ प्रतिशत र ९.७५ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, माछाको उत्पादन ८.८० प्रतिशतले वृद्धि भएको छ । वनजन्य उत्पादनअन्तर्गत काठको उत्पादन ४.७४ प्रतिशतले वृद्धि भएको छ भने दाउराको उत्पादन ४४ प्रतिशतले वृद्धि भएको छ ।

२०७९ पुस मसान्तमा मधेश प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाबाट कृषि, माछापालन र वन क्षेत्रमा रु.५६ अर्ब ७ करोड कर्जा प्रवाह भएको छ, जुन कुल कर्जाको १२.३८ प्रतिशत हुन आउँदछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved