कालीमाटी तरकारी बजारका स्टलहरु बिना प्रतिस्पर्धा पूरानै व्यवसायीलाई दिइएकोमा आपत्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2023 | 11:22:53 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय किसान सञ्जालले कालीमाटी बजार विकास समितिले बिना प्रतिस्पर्धा स्टल भाडामा लगाएको आपत्ति जनाएको छ । पत्रकार सम्मेलन गर्दै सञ्जालले कालीमाटी तरकारी तथा फलफूल बजारका स्टल तथा सटरहरु विना प्रतिस्पर्धा पूरानै व्यापारीहरुलाई नवीकरण गरेर दिने निर्णय गरिएको प्रति आपत्ति जनाएको हो ।

राष्ट्रिय किसान सञ्जालका संयोजक गणेशचन्द्र तिमिल्सनाले बजारका स्टलहरू किसानलाई उपलब्ध गराउन र किसान छनोटमा पारदर्शिता अपनाउन पटक–पटक आग्रह गर्दा पनि समितिले अटेर गरेको बताए ।

‘किसानका आवाजलाई बेवास्ता गरि सरकारी निकायबाटै किसानसँग सरोकार राख्ने सरकारको सम्पत्तिको प्रयोग अनुचित तवरले हुन गएको छ’ उनले भने, ‘यसबाट सरकारी निकायको सुशासन र पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ । एक हप्ताभित्र बजार सम्झौता नसच्याए आन्दोलन गर्न बाध्य हुनेछौं ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved