स्पेनको कम्पनीसँगको साझेदारीमा मुक्तिनाथ कृषिको नयाँ उत्पादन बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2024 | 12:01:59 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ कृषि कम्पनीले आफ्नो नयाँ उत्पादन 'जैविक मल तथा उत्सर्जक' सार्वजनिक गरेको छ । आजदेखि भृकुटीमण्डपमा सुरु भएको छैठौ नेपाल एग्रीटेक एक्स्पोमा कृषि मन्त्री डा. वेदुराम भुषालले उक्त उत्पादन सार्वजनिक गरेका हुन् ।

कम्पनीका अनुसार स्पेनको सस्टेनेबल एग्रो सोलुसन्स (SAS) संग सहकार्य गरेर नेपाली बजारमा यो उत्पादन ल्याइएको छ । वर्तमान अवस्थामा नेपाली बजारमा बालीको उत्पादकत्व वृद्धिका लागि उचित मल तथा उत्सर्जकको अभाव देखिएकोको कारण सोचे अनुरुप बालीको वृद्धि हुन नसकेको अवस्थामा यो उत्पादनले कृषकलाई राहत हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार बालीको सम्पूर्ण वृद्धि अवस्था (वनस्पति विकास, फूल फुल्ने र फल लाग्ने) चरणमा आवश्यक पर्ने पोषक तथा सूक्ष्म पोषक तत्वहरु यस उत्पादनमा रहेको छ ।



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved