सिद्दार्थ बैंकको हकप्रद भर्न छुट्नु त भएन ? यस्तो छ शेयरधनिहरुमा बैंकको सूचना

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 07, 2018 | 07:43:21 AM मा प्रकाशित

सिद्दार्थ बैंकले १० प्रतिशत हकप्रद बिक्रि गरिरहेको छ। बैंकले १०० बराबर १० कित्ता शेयर अर्थात १० प्रतिशतका दरले फागुन २ देखि चैत ६ सम्मका लागि हकप्रद बिक्रि खुला गरेको हो। 

बैंकले १० प्रतिशत हकप्रदका लागि माघ २२ गते बुक क्लोज गर्ने निर्णय गरेकाले माघ २१ सम्म कायम शेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछन। बैंकले हाल कायम चुक्ता पुंजी ६ अर्ब ८२ करोडको १० प्रतिशतले हुन आउने ६८ करोड २६ लाख रुपैयाँ बराबरको ६८ लाख २६ हजार ११७.१९ कित्ता हकप्रद बिक्रि खुला गरेको हो। बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ। 

माघ २१ सम्म कायम शेयरधनीहरुले बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटल, सिद्दार्थ क्यापिटल र सिद्दार्थ बैंकका शाखा कार्यालय मार्फत हकप्रद भर्न पाउनेछन। त्यस्तै सी आस्वा सेवा प्रदायक बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय मार्फत समेत शेयरधनिहरुले हकप्रद भर्न सक्नेछन। 

१० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ७ अर्ब ५० करोड पुग्नेछ। बैंकले गत आर्थिक बर्षको कमाईबाट १४ प्रतिशत बोनस सेयर घोषणा गरेको छ। १० प्रतिशत हकप्रद र १४ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब ४७ करोड पुग्नेछ। 

बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ७७ करोड २८ लाख खुद मुनाफा आर्जन गरेको छ। यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६४ पैसा, प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ५१ पैसा छ।  




Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved