रेडमी ९ पावर सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2021 | 04:56:31 PM मा प्रकाशित

laxmi  sunrise bank

शाओमीले नेपालमा रेडमी नोट सीरीज स्मार्टफोनको नवौं पुस्तामा रेडमी ९ पावर सार्वजनिक गरेको छ । यो रेडमीको ६००० एमएएच ब्याट्री रहेको यो नै पहिलो फोन भएको कम्पनीले जनाएको छ ।  

यो ४८ एमपी क्वाड क्यामेरा सेट अप, अक्टा–कोर क्वालकम स्नैपड्रैगन ६६२ प्रोसेसर र ६.५३ इन्च एफएचडी प्लस डिस्प्ले रहेको छ । 

क्यामेराः

रेडमी ९ पावरमा ४८ एमपी क्वाड क्यामेरा छ । यसमा ४८ एमपी सामसङ्ग जीएम१ सेन्सर र १२० डिग्री फिल्ड अफ भ्यू भएको ८ एमपी अल्ट्रा वाइड क्यामेरा रहेको छ । यसमा २ एमपी म्याक्रो क्यामेरा र २ एमपी डेप्थ सेन्सर रहेको छ । 

ब्याट्रीः

रेडमी ९ पावरले एक चार्जमा २ दिनसम्म प्रयोग गर्न सकिने ६००० एमएएच ब्याट्री सुविधा प्रदान गरेको कम्पनीको दाबी छ । ६००० एमएएच ब्याट्रीले ४जी नेटवर्कमा ६९५ घण्टा सम्मको स्ट्यान्डबाइ सक्षम गर्दछ । रेडमी ९ पावर १८ वाट्ट फास्ट चार्जिंगको साथ आउँदछ जसले ३० मिनेट चार्जिंगमा १४ घण्टा भिडियो कलि गर्न सक्ने क्षमता राख्दछ ।  

यसको ब्याट्रीको ग्यारेन्टी ३ वर्षको छ । 

डिजाईनः

रेडमी ९ पावर ठूलो ६.५३ इन्च फुल एचडी प्लस डिस्प्लेमा उपलब्ध छ । यसको पछाडि फिंगरप्रिन्ट प्रतिरोधी टेक्चर छ । साइड माउन्ट गरिएको फिंगरप्रिन्ट सेन्सर र मी फेस अनलक पनि छ । रेडमी ९ पावरले डुअल फोरजी स्ट्यान्डबाई सिम कार्ड र डेडिकेटेड माइक्रोएसडी कार्ड स्लट र ३.५ एमएम हेडफोन ज्याक पनि उपलब्ध हुनेछ ।

पर्फमेनश र स्टोरेज:

चिपसेट रेडमी ९ पावरमा क्वालकम स्नैपड्रैगन ६६२ छ । एड्रेनो ६१० ले निर्बाध गेमिंग अनुभव सक्षम पार्ने स्मुद र भिभिड ग्राफिक्स सुनिश्चित गर्दछ । रेडमी ९ पावरमा ४ जीबी र्याम र ६४ जीबी यूएफएस तथा ४ज ीबी र्याम र १२८ जीबी यूएफएस छ र डेडिकेटड माइक्रोएसडी कार्ड स्लटलाई ५१२ जीबी सम्म बढाउन मिल्छ । 

गुणस्तरः 

रेडमी ९ पावरको फ्रन्टमा स्क्र्याचबाट जोगाउन कर्निंग गोरिल्ला ग्लास ३ रहेको छ । 

उपलब्धताः

रेडमी ९ पावर चारवटा कलर भेरियन्टहरू– माईटी ब्ल्याक, ब्लेजिंग ब्लू, फाएरी रेड र इलेक्ट्रिक ग्रीन मा उपलब्ध हुनेछ । यो अनलाइन र अफलाईन स्टोरहरूमा माघ २८ गतेदेखि उपलब्ध हुनेछ । 

मूल्यः

४जीबी+६४जीबी भरियन्टको मूल्य रु १८,९९९ रहेको छ ।

४जीबी+१२८जीबी भरियन्टको मूल्य रु २०,९९९ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved