तिहार नजिकिदै गर्दा उकालो लागेको सुनचाँदीको मुल्यको वृद्धिमा 'ब्रेक' लागेको छ। यस साताको पहिलो दिन आइतबार प्रति तोला ५६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य प्रति तोला १ सयले घटेर ५६ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ।
त्यस्तै चांदी प्रति तोला ७७५ रुपैयाँमा कारोबार भईरहेको छ। तेजावी सुन प्रति तोला ५६ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी व्यवसाय महासंघले आज सोमबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मुल्य ४८ हजार ५२५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मुल्य ४८ हजार २७० तोकेको छ। साथै प्रति १० ग्राम चांदीको मूल्य ६६४ रुपैयाँ ५० पैसा कायम गरेको छ।