बढ्यो डिजेल, पेट्रोल र ग्यासको मूल्य, हेर्नुहोस अब कति पुग्यो ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 01, 2018 | 07:27:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पेट्रोलियम पदार्थको मुल्य फेरी बढाएको छ। नेपाल आयल निगम संचालक समितिको बैठकले पेट्रोलियम पदार्थको मुल्य बढाउने निर्णय गरेको हो। 

निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार निगमले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको हो । उनका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक-एक रुपैयाँ मूल्य बढाइएको छ। त्यस्तै खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ बढाइएको छ।        

अब पेट्रोल एक लिटरलाई १०२ रुपैयाँ पर्ने छ भने डिजेल र मट्टितेलको एक लिटरको मूल्य ७९-७९ रुपैयाँ पुगेको छ। त्यस्तै खाना पकाउने ग्यास एक सिलिण्डरको १ हजार ३ सय ७५ रुपैयाँ पुगेको छ। हवाई इन्धन आन्तरिकमा ३ रुपैयाँ बढेर ९० रुपैयाँ प्रतिलिटर पुगेको छ । साथै अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धन प्रति ब्यारेल ५० डलर बढाएर ९ सय डलर बनाइएको छ ।

तराईमा तेलका हकमा यो मल्य भन्दा प्रतिलिटर १ रुपैयाँ ५० पैसा र पोखरा तथा दाङमा ५० पैसा कम पर्छ । दिपायल, सुर्खेत र काठमाडौंको मूल्य भने एउटै हुने निगमले जनाएको छ ।     

नयाँ मुल्य सोमबार मध्यरातिदेखि नै लागू हुने निगमले जनाएको छ। मूल्य समायोजन गरेपछि निगमको मासिक घाटा घटेर २६ करोड ४० लाखमा झरेको बताइएको छ।   

निगमको पछिल्लो मुल्य अनुसार निगमलाई पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ८३ पैसा, डिजेलमा २ रुपैयाँ ७१ पैसा नाफा छ भने ग्याँसमा प्रति सिलिन्डर २ सय ८ रुपैयाँ नोक्सान छ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved