संस्थागत मुद्दति निक्षेपको ब्याजदर ३ महिनासम्म परिवर्तन नगर्न राष्ट्र बैंकको निर्देशन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 21, 2018 | 03:39:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले जुनसुकै बैंकबाट आफ्नो खाता भएको बैंकमा पैसा जम्मा गर्न सकिने ब्यबस्था कार्यन्वयनमा ल्याउन निर्देशन दिएको छ  । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ग्राहकलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाबाट आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गर्न सक्ने व्यवस्था लागू गर्न निर्देशन दिएको हो । 

यसरी रकम जम्मा गर्दा नगद कारोबारको सीमा विद्यमान निर्देशिका बमोजिम हुनुपर्ने, १ लाख रुपैयाँ भन्दा बढीको कारोबार सीमाको हकमा जम्मा गर्ने व्यक्तिको पहिचान खुल्नुका साथै जम्मा गर्नुको प्रयोजन समेत खुलाउनु पर्नेछ । यो सेवा दिंदा शुल्क लिन सकिने तर त्यसको जानकारी पनि ग्राहकलाई दिनु पर्ने छ  । 

यदि कुनै कारणबश रकम जम्मा हुन् नसकेमा सोहि दिन जम्मा गर्ने व्यक्तिलाई यस बारे जानकारी दिनु पर्नेछ । 

साथै राष्ट्र बैंकले परिपत्र गर्दै बैंक तथा वित्तीय संस्थालाई संस्थागत मुद्दति निक्षेपको ब्याजदर ३ महिनासम्म परिवर्तन नगर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले बोलकबोलको आधारमा संकलन हुने संस्थागत मुद्दति निक्षेपको हकमा प्रकाशित ब्याजदरमा २ प्रतिशतसम्म थप गरी निक्षेप संकलन गर्न सकिने बताएको हो। तर यसरी प्रकाशित गरिएको ब्याजदर ३ महिनासम्म परिवर्तन गर्न पाइने छैन ।




Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved