पेट्रोलको मूल्य घट्‍यो, अब निगमको नाफा कति ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 04, 2018 | 07:11:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले पेट्रोलको मुल्य समायोजन गरेको छ। निगमले आज (आइतबार) राति १२ बजेदेखि नै लागू हुने गरि पेट्रोलको मुल्य समायोजन गरेको हो। 

आयल निगमका प्रवक्ता वीरेन्द्र गोहितले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटेको जानकारी दिए । यसअघि एक सय चार रुपैयाँमा प्रतिलिटर रहेको पेट्रोल अब एक सय तीन रुपैयाँमा झरेको छ । 

निगमले डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्यमा कुनै परिवर्तन गरेको छैन । मूल्य समायोजनपछि निगमको पाक्षिक नाफा झन्डै १५ करोड हुने प्रवक्ता गोहितले बताए। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved