नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर गणेशबहादुर थापाले बैकर्स संघ र एनआईसि एसिया बैंकबीचको विवाद रोक्न राष्ट्र बैंकले कुनै कसर नगरेको आरोप लगाएका छन् । मुक्तिनाथ विकास बैंकको चाबहिल शाखा उद्घाटन गर्दै पुर्व गभर्नर थापाले बैकर्स संघ र एनआईसि एसियाबीच भएको सहमित विपरीत एनआईसिले ब्याजदर तोकेपछि उत्पन्न भएको विवाद समाधान गर्न राष्ट्र बैंकले जुन भूमिका निर्वाह गर्नुपथ्यो त्यो नगरेको आरोप लगाएका हुन ।
उनले राष्ट्र बैंक यता र उता अलमलिएको भन्दै थापाले त्यसो नगर्न सुझाव दिए । उनले भने 'यसरी एक बैंकले अर्को बैंकसँग कारोबार रोक्दा तरलताको स्थिती अझ बढ्न सक्छ, यस्तो अवस्थामा राष्ट्र बैंक मुकदर्शक भएर बस्न हुदैन ।'
माग र आपूर्तिलाई ख्याल गरेर बैंकले ब्याजदर तोक्नु स्वभाविक भएपनि संघले जबर्जस्ती रोक्न खोजेको आरोप थापाको थियो। थापाले यस बिषयमा राष्ट्र बैंकले सम्पूर्ण रुपमा अधिकार पाएको हुनाले राष्ट्र बैंकले नै टुङ्गो लगाउनुपर्ने बताए ।
एनआईसीले ब्याजदर घटाउने निर्णय गरे संगै जारि विवाद भने आज टुंगिएको छ ।