संघीयता कार्यान्वयन गर्न विश्व बैंकले नेपाललाई २६ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । विश्व बैंकले २६ करोड ६० लाख डलर कर्जा सहयोग गर्ने भएको हो । बैंकका कार्यकारी निर्देशकहरुको बैठकले सहयोग रकम स्वीकृत गरेको हो । यसमध्ये २० अर्ब (२० करोड डलर) कर्जा सहयोग सार्वजनिक वित्त व्यवस्थापन गर्न दिएको हो ।
बंगलादेश, भुटान र नेपालका लागि विश्व बैंकका आवासीय निर्देशक चिमाओ फनले एकात्मक राज्य व्यवस्थाबाट संघीय गणतन्त्रमा प्रवेश गरेको नेपाल ऐतिहासिक घडीमा आइपुगेको बताए ।
यो वित्तीय सहयोग अन्तर सरकारी वित्तीय व्यवस्थापन ऐन लागु गर्न, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग निर्माण गर्न, बजेट कर्यान्वयनमा सुधार ल्याउन, राजस्व संकलनमा पुर्नसंरचना गनर्मासहयोग पुग्ने विश्व बैंकले जनाएको छ । बैंकले दिने सहयोगमध्ये ६ अर्ब ६० करोड रुपैयाँ (६ करोड ६० लाख डलर) रानी जमरा कुलरिया सिञ्चाई आयोजनाको दोस्रो चरणको निर्माण कार्यमा प्रयोग हुने भएको छ ।