हुण्डाई मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्ष योजना सार्वजनिक गरेको छ । नयाँ वर्ष २०७५ लाई लक्षित गर्दै हुण्डाईले ल्याएको ‘न्यू इयर डिलाइट’ नामक यो योजना अन्तर्गत ग्राहकले ७ लाख १३ हजार सम्मको लाभ प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
योजनामा आकर्षक मुल्यांकन सहितको एक्सचेन्ज योजना तथा सरल बैंक फाइनान्सिङ्ग सुबिधा पनि रहेको कम्पनीले जानकारी दिएको छ । हुण्डाईका गाडीहरुमा ४ वर्षको निःशुल्क सर्भिसीङ्ग सहित ३ वर्षको समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।