श्वेतपत्र जारि गर्दै अर्थमन्त्री खतिवडाले सुनाए अर्थतन्त्र सुधारका कार्यक्रम (पूर्णपाठ)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 30, 2018 | 04:43:31 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले स्वेतपत्र जारि गरेका छन् ।  मन्त्री खतिवडाले श्वेतपत्रमा बर्तमान सरकारले सत्ता सम्हाल्नु अघि मुलुककाे अर्थतन्त्र कुन अवस्थामा  थियाे र अब कसरी अघि बढ्छ भन्ने  बिषय उल्लेख गरेका छन् ।

श्वेतपत्र जारी गर्दै  मन्त्री खतिवडाले बाम सरकार गठनको अवस्थामा देशको अर्थतन्त्र निकै चुनौतिपूर्ण र जोखिम पूर्ण रहेको बताएका छन। राजनीतिक स्थिरता र आर्थिक समृद्धिको जन अपेक्षा बढीरहेको सन्दर्भ उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले आर्थिक परिसूचक सकारात्मक नभएको बताएका छन। अनौपचारिक अर्थतन्त्र बढ्दा राजश्वको दायरा झनै संकुचन भएको बताउदै वर्तमान अवस्था चुनौतिपूर्ण रहेको अर्थमन्त्री खतिवडाको भनाई छ।

ड़ा खतिवडाले प्रतिबद्धता प्राप्त बैदेशिक सहायता पूर्ण रुपमा प्राप्त नभएको र प्राप्त भएको सहायता पनि उचित तरिकाले प्रयोग नभएको पनि उल्लेख गरेका छन् । देशको समग्र आर्थिक अवस्था सकारात्मक नभएकाले बाम सरकारलाई आर्थिक समृद्धिका लागि जगैदेखि अर्थव्यवस्था निर्माण गर्ने अवसर भएको अर्थमन्त्री खतिवडाको भनाई छ। देशमा युवाशक्तिको लाभ उठाउदै अन्तराष्ट्रिय समुदायको बढ्दो सदभाबलाई आर्थिक समृद्धिमा रुपान्तरण गर्ने बिश्वास व्यक्त गरे।

शेयरबजारको सन्दर्भ उल्लेख गर्दै ड़ा खतिवडाले वर्तमान अवस्थामा आन्तरिक पुँजीबजार सबल र भरोसायोग्य नभएको जिकिर गरे। खतिवडाले समग्र वित्तीय नीति मार्फत मुद्रा तथा पुँजीबजारको स्थायित्व र समावेशी बिकासमा बाम सरकारले जोड दिने बताए।

मन्त्री खतिवडाले बजेट निर्माणको तरिका नै गलत भएको उल्लेख गरेका छन् । उनले चालु आवको १२ खर्व ८९ अर्व बजेट मध्ये आफुले अझैसम्म २ खर्वको श्रोत नै नभेटेको बताए । बजेटमा ब्यापक अनियमितता र दुरुपयोग भएकाले नै समग्र अर्थतन्त्रमा समस्या देखिएको जनाए । जेठ १५ गते नै बजेट ल्याउने ब्यबस्था संविधानले गरेपनि त्यसको उचित सदुपयोग हुन् नसक्दा देशले ठुलो लाभ लिन नसकेको बताए । एक शिर्षकमा बजेट छुट्याएर राख्ने तर लामो समय खर्च नै नगरी अन्तिम समयमा रकमान्तर गर्ने परिपाटीले थप समस्या उत्पन भएको उनको दाबी थियो ।

बाम सरकारको घोषणापत्र जनताले अनुमोदन गरेको दाबी गर्दै मन्त्री खतिवडाले अब यहि श्वेतपत्रले निर्देश गरेको बाटोबाट नै नीति तथा कार्यक्रम र आगामी आर्थिक बर्षको बजेट निर्माण गर्ने जानकारी दिएका छन् । 

श्वेतपत्रमा शेयर बजारका कुरा    । 

मन्त्री खतिवडाले  पूँजी बजार कारोबारमा यथार्थ सूचना सम्प्रेषण र पारदर्शिताको अभाव रहेको उल्लेख गरेका छन्  । शेयर बजारका लगानीकर्ता र खासगरी साना लगानीकर्ताहरुमा शेयर लगानी सम्बन्धी ज्ञानको कमीले शेयर मूल्य मापन गर्ने नेप्से सूचांककमा उच्च दरको उतारचढाब आएको खतिवडाको भनाई छ  ।

 संस्थागत लगानीकर्ताको न्यून हुनु र वित्त बजारमा तरलताको अभावसँगै बढ्दो ब्याजदर तथा सेयर आपूर्तिको वृद्धिले शेयर मूल्य प्रभावित भएको खतिवडाले बताए । अर्थतन्त्रका साधन परिचालन गर्न पूँजी बजार शशक्त माध्यम भए पनि यस्तो बजार हाल धितोपत्रमा मात्रै सिमित रहेको बताउदै उनले पूँजी बजारलाई ऋण बजारको रुपमा विकास गर्नुपर्ने उल्लेख गरे ।

 पढ्नुस श्वेतपत्रको पूर्ण पाठ  । 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved