सरकारले खाद्य संस्थानलाई राष्ट्रिय आपूर्ति कम्पनी बनाउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले केही समय अघि खारेज भएको नेसनल ट्रेडिङ लिमिटेडलाई पनि खाद्य संस्थानमै गाभेर सरकारले ‘राष्ट्रिय आपूर्ति कम्पनी’ बनाउने घोषणा गरेका हुन् ।
यी दुवै संस्थान उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका हुन् ।