१३० अर्बको स्याटलाईट शहर नेपाली शैलीमा निर्माण हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 03, 2019 | 11:48:05 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं उपत्यकाको तीन जिल्लामा निर्माण हुने स्याटलाइट सिटीको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) नेपाली शैलिमा तयार हुने भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणका  सहरी योजना विद् भागवत खोखालीले स्याटलाइ सिटीको डीपीआर नेपाली शैलिमा तयार पार्न लागिएको जानकारी दिएका हुन् । 

प्राधिकरणले उपत्यकाको काठमाडौं, भक्तपुर र ललिपुर जिल्लामा चार स्याटलाई सहर निर्माण गर्दैछ । काठमाडौं र भक्तपुर समेटेर एक लाख रोपनी, काठमाडौं १० हजार रोपनी, ललितपुर १० हजार रोपनी र भक्तपुर जिल्लाको १० हजार रोपनी जग्गा स्याटलाइट सिटी बनाउन खोजिएको छ । यो सिटी ल्यान्ड पुलिङको अवधारणमा बनाइने छ । प्राधिकरणले चारवटै सहरको पूर्वसम्भाव्यता अध्ययन र डीपीआर निर्माण गर्न २०७४ आसारमा आसयपत्र माग गरेको थियो ।

प्राधिकरणले एक लाख रोपनी जग्गामा निर्माण हुने स्याटलाईट सिटीको डीपीआर निर्माण गर्न अन्तर्राष्ट्रिय परामर्शदाता माग गरेको थियो । त्यसको जिम्मा फिनल्यान्डको हेलेन एन्ड को–आर्टिटेक्ट जेभीले पाएको छ । ललितपुर, भक्तपुर र काठमाडौंको १० र १० हजार रोपनी जग्गाका लागि स्वदेशीसँग आसयपत्र माग गरिएको थियो । ललितपुर र भक्तपुरको ईआरएमसी–एईएसटी–एडीए जेभीले पाएको थियो । काठमाडौंको जिम्मा पनि स्वदेशी जिम्मा टेक फुल ब्राइटले पाएको थियो ।

तीन स्थानको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार

उपत्यका निर्माण हुने चार स्याटलाईट सिटीमध्ये तीन स्थनको पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भइसकेको खोखालीले बताए ।  प्राधिकरणले प्रकाशित गरेको आसय पत्रमा प्राविधिक त्रुटी देखिएकाले उक्त क्षेत्रका लागि पुन आसय माग गरिएको थियो । त्यसले गर्दा काठमाडौंको १० हजार रोपनी क्षेत्रफलको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन बन्न बाँकी छ । 

फिनल्यान्डको परामर्शदताले कात्तिकको पहिलो हप्ता र नेपाली परामर्शदाताले कात्तिकको अन्तिम हप्ता प्रतिवेदन बुझाएको खोखालीको भनाइ छ । परामर्शदाताले तयार पारेको प्रतिवेदनमा नेपाली मौलिकता झल्किने किसिमले डीपीआर तयार गर्न सुझाव दिएको उनले बताए । ‘स्याटलाईट  सिटी निर्माण गर्न खोजिएको स्थानको आफ्नै मौलिक पहिचान छ । शहर बनाउने नाममा त्यसलाई मास्न हुँदैन । उक्त स्थानमा बसोबास गर्दै आएकाले बर्षैदेखि मान्दै आए साना÷साना थुप्रै मठ–मन्दिर छन् । ती संरचना संरक्षित हुनेगरी डीपीआर निर्माण गर्न भनेका छौं’, खोखालीले भने । ती स्थानमा भएको सम्पदा जोगाएर पयर्टन प्रवर्धन गर्न सकिने उनको ठम्याई छ । प्राधिकरणले काठमाडौं उपत्यकामा बढ्दै गएको अवस्थित शहरी करणलाई व्यवस्थित प्रकारको शहर बनाउन स्याटलाईट सिटीको अवधारणा अघि सारेको हो । अहिले न्युन मात्रमा भौतिक संरचना निर्माण भएका काँठ क्षेत्रमा व्यवस्थित बस्तिको विकास गर्नेछ । 

स्याटलाईट सिटी निर्माण गर्न एक खर्ब ३० अर्ब रुपैयाँ लाग्ने पूर्वअनुमान गरिएको छ । यसको एकिन विवरण भने डीपीआर निर्माण पछि मात्र थाहा हुन्छ ।  


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved