सरकारको स्मार्ट लाईसेन्स नितिले चिटको भरमा सवारी चलाउन बाध्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2019 | 05:41:55 PM मा प्रकाशित

laxmi  sunrise bank

बाँके जीलाका २२ हजार सवारी चालक लाईसेन्स विहिन भएका छन् । पुरानो लाईस्न्स खारेज गर्दै स्मार्ट लाईसेन्स शुरु गरेपछि नविकरण गरेका र ट्रायल दिएका गरी यस बर्ष मात्रै ६० हजार सवारी चालकको दर्खास्त परेको थियो । 

यातायात व्यवस्था कार्यालय बाँकेका अनुसार, विसं २०७३ मा ट्रायल पास र पुरानो लाइसेन्स नवीकरण गरेका ६० हजारमध्ये ३८ हजारले मात्रै स्मार्ट लाइसेन्स पाएका छन् । जसमध्ये २२ हजारले चिटकै भरमा सवारी चलाउदै आएका छन् । 

स्मार्ट लाइसेन्सका लागि लिखित र प्रयोगात्मक दुवै किसिमका परीक्षा दिइ पास भएका र नवीकरण गरेकाले हालसम्म स्मार्ट लाइसेन्स पाउन नसक्दा सवारी चालक यातायात व्यवस्था कार्यालयले ट्रायल पास भएर राजश्व तिरेपछि कार्यालयले दिएको चिटको भरमा सवारी चलाउन बाध्य छन् । 

सरकारले पूर्व तयारीबिना स्मार्ट लाइसेन्स लागू गर्दा वितरणमा समस्या देखिएको हो । यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स लागू गर्ने योजना ल्याएपछि कार्डको छपाइमा छिटोछरितो गर्न नसकेकै कारण सवारीचालक समस्यामा परेका छन् । सवारी चालक नरेन्द्र रेग्मी भन्छन्,, “चिटको भरमा कहिलेसम्म गाडी चलाउनु रु” 

यातायात कार्यालय धाउँदाधाउँदै हैरान भइसकेको उनको गुनासो छ । पाँच महीनादेखि चिटकै भरमा गाडी चलाइरहेका रेग्मीले भने, “यातायातका कर्मचारीले विभागबाट लाइसेन्स छापिएर आएको छैन भन्छन् ।” 

सरकारले स्मार्ट लाइसेस वितरण ०७२ मङ्सिरदेखि वाग्मती अञ्चलबाट शुरु गरेको थियो । विसं २०७३ साउनदेखि स्मार्ट लाइसेन्स वितरण देशैभर पु¥याइएको भए पनि ट्रायल पास र नवीकरण गरेकाले लामो समय वितिसक्दा पनि लाइसेन्स पाएका छैनन् । शुरुमा लाइसेन्स वितरणमा केही समस्या आएको यातायात कार्यालय बाँकेका खरिदार मुकुन्द केसी बताउँछन् । 

उनका अनुसार पछिल्लो समयमा विभागले छपाइमा तदारुकता देखाएपछि समस्या सहज हुँदै गएको छ । खरिदार केसीले भने, “स्मार्ट लाइसेन्स विभागमार्फत नै छपाई हुने भएकाले जिल्ला तहमा हामीले केही गर्न सक्दैनौं । यस विषयमा विभागले नै चासोका साथ सहजीकरण गरिरहेको छ । अब विस्तारै समस्या हट्दै जाने र वितरण सहज हुन्छ ।” 

सवारी चालकले चिटको भरमा सवारी चलाउँदा वास्तविक चालक हो कि होइन भन्ने पहिचान गर्न समस्या हुने ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायको भनाइ छ । उनका अनुसार ,कतिपय सवारी चालकसँग परिचय खुल्ने कागजात नहुँदा पहिचान  गर्न समस्या हुने गरेको छ । 

उनका अनुसार ट्रायल पास गरेपछि सम्बन्धित यातायात व्यवस्था कार्यालयले दिने चिटमा चालकको फोटो हुँदैन । उनले भने,‘ चिटमा चालकको फोटो नहुँदा चिटको दुरुपयोग भएको पत्ता लगाउन हमीलाई कठिन छ । एउटाको चिट अर्को चालकले प्रयोग गरे÷नगरेको थाहा नहुँदा चेकजाँचमा समस्या छ,।’ 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved