पूर्वाधारलाई १३७ अर्ब बजेट, राष्ट्रिय गौरबको आयोजनाको संख्या बढ्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2019 | 11:03:19 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले भईरहेको संरचनालाई स्तरोन्नति गर्ने गरि आगामी आर्थिक बर्षको बजेट ल्याउने भएको छ। बजेटमार्फत चीनको केरुङदेखि काठमाडौंसम्म बन्ने केरुङ- काठमाडौं सडकमार्गलाई समेत सामेल गरि राष्ट्रिय गौरबको आयोजनाको संख्या बढ्ने जनाइएको छ।     

आर्थिक बर्ष २०७६-७७ को बजेटमा पूर्वाधारको लागि मात्रै १ खर्ब ३७ अर्ब बजेट छुट्याउने निश्चित भएको राष्ट्रिय योजना आयोगका एक अधिकारिले बिजपाटीलाई बताएका छन। उनकाअनुसार आगामी आर्थिक बर्षको लागि पूर्वाधारमा १ खर्ब ३७ अर्बको बजेट हुनेछ, यस मध्ये ९६ अर्ब पुँजीगत खर्च हुनेछ। 

सरकारले अहिले भईरहेका राष्ट्रिय गौरबका आयोजनामा ७-८ आयोजना थप गर्ने भएको छ। यसमा केहि निर्माणधिं आयोजना समेत सामेल गरिने भएको छ।   

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved