भारतले रक्सौल–काठमाडौं रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षण रिपोर्ट पठाएको छ । भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेडले तयार पारेको प्रारम्भिक रिपोर्ट आइपुगेको हो ।
रेल विभागका महानिर्देशक बलराम मिश्रले भने रिपोर्ट विभागमा आईसकेपछि अध्ययन गरिने बताए । स्थलगत अध्ययन गरेर फर्किएको भारतीय टोलीले रक्सौललाई काठमाडौंसँग जोड्न विकल्पसहितको रिपोर्ट बुझाएको हो ।
भारतले १९० किलोमिटर र १४० किलोटिरको प्रस्ताव गरेको छ । नेपालले भने रेलमार्गको लम्बाई पनि छोटो हुनुपर्ने बताएको छ । नेपाल र भारतबीच १५ भदौमा उक्त रेलमार्गको प्रारम्भिक सम्भाब्यता अध्यनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।