मोतीहारी–रक्सौल–अमलेखगन्ज पाइप लाइनबाट पेट्रोलियम पदार्थ नेपाल आईपुगेको छ । बिहिबार इण्डियन आयल कर्पोरेसन (ओइसी)ले पाइपबाट पानी र तेल नेपाल पठाएपछि पाइपलाइन सञ्चालनमा आएको हो ।
आईओसीले पाइपलाइनमार्फत पठाएको पानी र डिजेल शुक्रबार अमलेखगन्ज आइपुगेको छ । भारतको पटनाबाट बिहिबार विहान १० बजे पानी र डिजेल एकैसाथ पम्पिङ गरिएको थियो । उक्त पाइपबाट साढे ६ सय किलोलिटर पानी र ३१ सय किलोलिटर डिजेल शुक्रबार बिहान ८ः३० बजे नेपाल आईपुगेको हो ।
अमलेखगन्ज डिपोका सहायक प्रबन्धक चित्र महतका अनुसार आजै तेलको परीक्षण गरिने छ ।