चालु आर्थिक वर्ष २०७६/०७७ को हालसम्म चार खानीले अनिज पदार्थ उत्खननको अनुमति पाएका छन् । खानी तथा भूगर्भ विभागले स्वर्गद्वारी माइन्स एण्ड मिनिलर्स प्रालिलाई चुनढुङ्गा, बालकुमारी प्रालि र गुँरास स्टोन उद्योग प्रालिलाई क्वार्जजाइट तथा पाल्पा कोल प्रालिलाई पत्थर तथा कोइला उत्खननको अनुमति दिएको हो ।
विभागका खनिज सम्पदा महाशाखाका प्रमुख रामप्रसाद घिमिरेका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा खनिज उत्खननका लागि नौ कम्पनीले अनुमति पाएका थिए । यीमध्ये चुनढुङ्गा उत्खननको अनुमति पाउने कम्पनी मात्रै ६ वटा थिए ।
गतवर्ष ऋद्धिसिद्धी सिमेन्ट प्रालि, विशाल सिमेन्ट इण्डट्रिज प्रालि, शुभश्री अग्नि सिमेन्ट प्रालि, मेगा सिमेन्ट प्रालि, सम्राट सिमेन्ट कम्पनी प्रालि र पञ्चकन्या सिमेन्ट प्रालिले चुनढुंगा उत्खननको अनुमति पाएका छन् । नयाँ थपिएकासँगै गत वर्ष ८२ कम्पनीले खनिज उत्खनन गरेका छन् । विभागको खनिज सम्पदा महाशाखाका प्रमुख घिमिरेका अनुसार गत आर्थिक वर्ष २०७५/०७६ मा खनिज उत्खननबाट सरकारले ६१ करोड ८१ लाख ५६ हजार १६५ रुपैयाँ राजश्व संकलन गरेको थियो ।
खानी तथा भूगर्भ विभागले गतवर्ष ऋद्धि गणेश हिमाल जेम्स एण्ड मिनिलर प्रालि र हिमालय रक एण्ड ह्याण्डिक्राफ्ट प्रालिलाई गर्न नपाउने गरि कारबाही गरेको छ ।