दशौँ बार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमईद्वारा रक्तदान कार्यक्रम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 03, 2017 | 12:46:28 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरेको छ। बैंकले १०औ वार्षिकोत्सवको अवसरमा “रक्तदान नै जीवन दान” हो भन्ने मुल नाराका साथ रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रम आयोजना गरेको हो। 

बैंकले मुलुकमा देखिएको रगत अभाबलाई ध्यानमा राखेर यस कार्यक्रमको आयोजना गरेको जनाएको छ । 

ग्लोबल आइएम बैंकले हाल देशभर ९१ शाखा, १०३ एटिएम, ६ वटा एक्टेन्सन काउण्टर, ४४ शाखा रहित बैंकिङ्ग मार्फत ६ लाख भन्दा बढि ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ । ग्लोबल आइएमई बैंकले स्थापनाको एक दशकमा बैंक अफ द इएर तथा बेष्ट इन्टरनेट बैंकिङ्ग अर्वाडबाट समेत सम्मानित भईसकेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved