सिस्टम अपग्रेडपछि लाइसेन्सको काम सुचारु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 31, 2017 | 08:08:01 AM मा प्रकाशित

laxmi  sunrise bank

अनलाइनबाट लाइसेन्सको आवेदन दिने काम पुनः सुरु भएको छ। सफ्टवेयर अपग्रेड तथा अप्टिमाइजेसनका कारण झण्डै एक साता रोकिएको काम आजदेखि पुन सुरु भएको यातायात व्यवस्था विभागले जनाएको छ । 

नयाँ सेवा थपिएसंगै सिस्टम अपग्रेड गर्नु परेकाले केहि दिन काम रोकिएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिएका छन।'एक सातादेखि रोकिएको थियो, सोमबारबाट भने अनलाइनबाट आवेदन दिन सक्नेगरी सम्पूर्ण रुपमा काम सुरु भएको छ’ पाण्डेले भने। 

हाल भक्तपुरको जगाति, स्वयम्भू र सुकेधारामा कार्यालय थप गरी लाइसेन्स वितरणको काम भइरहेको छ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved