२५ अर्ब धरौटी रकम फिर्ता गर्न निर्माण व्यवसायीको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2020 | 03:58:07 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्माण व्यवसायीहरुले कोरोनाका कारण पूर्वाधार निर्माणको काम ठप्प हुँदा आर्थिक भार चुुलिएको गुनासो गरेका छन् । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बिजपाटीसँग कुराकानी गर्दै कोरोना कहरका कारण काम नहुँदा व्यवसायीहरु मारमा परेको भन्दै धरौटी फिर्ता गर्न माग गरेका छन् ।

धरौटी रकम अहिले फिर्ता गरे निश्चित समयपछि आफूहरुले पुनः धरौटीकै रुपमा रकम जम्मा गर्ने र अहिले भने ग्यारेन्टी लिईने महासंघका अध्यक्ष सिंह बताउँछन् । निर्माण व्यवसायीहरुले धरौटीका रुपमा राखेको रकम मात्रै अहिले २५ अर्ब बढी छ ।

‘निर्माणको काम हुने मुख्य सिजनमा नै काम हुन पाएन, यो आर्थिक वर्षमा पनि अहिलेसम्म काम भएका छैनन्’ अध्यक्ष सिंहले भने, ‘हामीले सरकारलाई भनेका छौँ की, धरौटी रकम अहिलेलाई चलाउन देउ, त्यो हाम्रै पैसा हो । पछि फेरि फेरि राखिदिन्छौँ, अहिलेलाई हामी ग्यारेन्टी लिन्छौँ ।’

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved