सुमार्गीद्वारा ‘सामुदायिक थाहा विकास भवन’ नगरपालिकालाई हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2021 | 08:59:38 AM मा प्रकाशित

laxmi  sunrise bank

माधवराज सुमार्गी स्मृति कोषले मकवानपुरको थाहा नगरपालिकामा निर्माण गरेको ‘सामुदायिक थाहा विकास भवन’ नगरपालिकालाई हस्तान्तरण गरिएको छ । कोषले थाहा नगरपालिका–६ बाराही चौरमा निर्माण गरेको डेढ सय सिट क्षमताको हलसहितको भवन कोषका अध्यक्ष अजेयराज सुमार्गीले नगरपालिका प्रमुख लवशेर विष्टलाई हस्तान्तरण गरेका हुन् ।

भूकम्प प्रभावित विभिन्न जिल्लामा भवन निर्माण गर्ने कार्यक्रमअनुसार कोषले मकवानपुरको बज्रवाराहीमा सामुदायिक भवन निर्माण गरेको हो । भूकम्पजस्तो विपत्तिको बेला समुदायका व्यक्तिहरुलाई आश्रयका लागि भवन निर्माण गरेको कोषका अध्यक्ष सुमार्गीले बताए ।

उनले थाहा आन्दोलनका प्रणेता स्व. रूपचन्द्र विष्टको स्मरण गर्दै भवनको नाम थाहा र विकाससँग जोडेर राखिएको उल्लेख गरेका छन् । समयसमयमा सम्मेलन, भेला तथा सामूहिक कार्यक्रमका लागि उपयोग हुँदै आएको उक्त भवनमा पछिल्लो समय थाहा नगरपालिकाले क्वारेन्टिन स्थापना गरेको छ ।

नगरपालिका प्रमुख विष्टले ‘सामुदायिक थाहा विकास भवन’को संरक्षणका लागि नगरपालिकाले आवश्यकताअनुसार योजना बनाई काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

राष्ट्रियसभा सदस्य तथा रुपचन्द्र विष्ट स्मारक समितिका केन्द्रीय अध्यक्ष रामनारायण बिंडारी पनि उपस्थित थिए । उनले माधवराज सुमार्गी स्मृति कोषले गरेका कामको प्रशंसासमेत गरेका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved