भारत र बंगलादेश जोड्ने बाटो बनाउन एडीबीले नेपाललाई ३० करोड डलर ऋण दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2023 | 10:48:11 AM मा प्रकाशित

laxmi  sunrise bank

एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई ३० करोड अमेरिकी डलर ऋण दिने भएको छ । भारत र बंगलादेशसँग जोड्ने अन्तर्राष्ट्रिय सडक मार्ग सुधार गर्न एडीबीले नेपाललाई दिने ३० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको हो ।

उक्त ऋण रकम नेपालले काँकडभित्ता–लौकही सडक विस्तारको लागि खर्च गर्नेछ । यो राजमार्गले दक्षिण एसिया क्षेत्रको क्षेत्रीय आर्थिक गतिविधि बढाउने एडीबी दक्षिण एसियाका यातायात विज्ञ सीन वाइ चोङले बताए । 

यो ऋणबाट काँकडभित्ता–लौकहीतर्फको ९५ किलोमिटर सडकखण्ड २ लेनबाट चार लेनमा विस्तार गरिने छ । ट्राफिक सिग्नल, सडकपेटी, सडक बत्ती, रोड क्रस, बत्ती र बस स्टपलगायतका पूर्वाधार बनाइने बताइएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved