टोखा–छहरे सुरुङमार्ग निर्माणको प्रकृया यसै वर्ष अघि बढ्छः अर्थमन्त्री डा. महत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2023 | 08:51:44 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. प्रकाशशरण महतले बहुउद्देश्यीय टोखा–छहरे सुरुङमार्ग यसै वर्षदेखि निर्माण प्रकृया अघि बढ्ने बताएका छन् । नुवाकोट पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा अर्थमन्त्री डा. महतले टोखा–छहरे सुरुङमार्ग चीनसँगको व्यापारलाई सहज बनाउने र पृथ्वी राजमार्गलाई जोड्ने भएकाले यसको बहुआयमिक उपयोगिता रहेको भन्दै यो आयोजना नुवाकोटको मात्र पूँजी नभएको बताए । 

‘यो सुरुङमार्गको धेरै वर्षदेखि चर्चा भएको विषय हो चर्चा भयो, ठोस पहल भएन, अहिले हामीले ठोस पहल गरेर एक अर्ब बजेट सुनिश्चित गरेका छौं’ उनले भने, ‘यद्यपि यसमा विदेशी सहयोग आउने सम्भावना छ, विदेशी सहयोग आओस् नआओस्, यो सुरुङमार्ग निर्माणको प्रकृया हामी अगाडि बढाउँछौं । यो नुवाकोटको आवश्यकता मात्र होइन, यो देशको आवश्यकता हो ।’ 

अर्थमन्त्री डा. महतले यो सुरुङमार्ग बन्दैक कि भन्ने आशंका उब्जिरहेका बेला बन्छ भन्ने सन्देश दिनका लागि पनि  पहिलो पटक बजेट विनियोजन गरिएको पनि जनाए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved