खाना पकाउने ग्यासको मूल्य घट्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 01, 2017 | 05:35:08 PM मा प्रकाशित

सरकारले खाना पकाउने ग्यास(एलपीजी) ग्यासको मूल्य घटाएको छ। नेपाल आयल निगमले मंगलबार राती देखि लागु हुने गरि प्रति सिलिण्डरमा २५ रुपैयाँ मूल्य घटाएको हो।

नयाँ मूल्य अनुसार अब प्रति सिलिण्डरको उपभोक्ता मूल्य एक हजार तीन सय २५ रुपैयाँ कायम भएको छ । यसअघि प्रति सिलिण्डरको मूल्य एक हजार तीन सय ५० थियो।

भारतले इन्धनको नयाँ मूल्य सूची पठाएकपछि निगमले सोहि अनुसार खाना पकाउने ग्यासको मूल्य समायोजना गरेको हो  ।

भारतेले पेट्रोल, डिजेल , मट्टितेल  र हवाई इन्धनमा मूल्य बढाएर नयाँ मूल्य सूची नेपाललाई उपलब्ध गराएको भए पनि नेपाल आयल निगमले यी पदार्थको मूल्य समायोजन गरेको छैन।

हाल प्रतिलिटर पेट्रोलको मूल्य ९८ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७४/७४ रुपैयाँ, हवाइ इन्धन (बाहृय) को मूल्य ८२, हवाइ इन्धन (बाहृय) को ७५ रुपैयाँ छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved