नेपाल राष्ट्र बैंकले ५ रुपियाँको नयाँ नोट चलनचल्तीमामा ल्याएको छ । राष्ट्र बैंकले साउन ३१ गते देखि ५ रुपियाँको २६ करोड थान नयाँ नोट डिजाइन चलनचल्तीमा ल्याएको हो । चलनचल्तीमा ल्याईएका नोटहरू चीनको China Banknote Printing and Minting Corporation, China ले छापेको हो । बैंकले संकेत नं. ढ÷६६ ०००००१ देखि थ÷४५ ९९९९९९ सम्मको नोट चलनचल्तीमा ल्याएको हो ।
बैंकले साविककै आकार तथा रंगमा तर साविकको तलेजु भवानीको मन्दिरको चित्रको सट्टामा वि.सं.२०७२ सालको महाभूकम्प अघिको काष्ठमण्डप मन्दिरको चित्र, साविकको याकहरुको चित्रको सट्टामा वन्य याकको चित्र र साविकको सगरमाथा हिमालको चित्रको सट्टामा हुम्ला जिल्लाको लिमी क्षेत्रको हिमालको चित्र राखी उक्त नोट चलनचल्तीमा ल्याएको हो ।
नयाँ नोटको अग्र भागमा ः–
१. नोटको बायाँ तर्फ सगरमाथा हिमालको चित्र रहेको छ ।
२. नोटको बीच भागमा वि.सं. २०७२ सालको महाभूकम्प अघिको काष्ठमण्डप मन्दिरको चित्र रहेको छ ।
३. नोटको दायाँ तर्फ लालीगुराँसको पानी छाप रहेको छ ।
४. नोटको तल्लो भागमा गभर्नर डा. चिरंजीबि नेपालको दस्तखत रहेको छ ।
५. नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number नेपालीमा वि.सं. २०७३ लेखिएको ।
नोटको अग्र भागको बायाँ तर्फ साविकको सगरमाथा हिमालको चित्र रहेको छ । नोट अग्र भागको बीचमा राखिएको २०७२ सालको महाभूकम्प अघिको काष्ठमण्डप मन्दिरको चित्र मार्फत भूकम्प सम्बन्धी जनचेतना जगाउन सहयोगी हुने, काष्ठमण्डप मन्दिर जस्तो राष्ट्रिय सम्पदाको महत्व बैंकनोट मार्फत झल्किने र पुनर्निर्माण कार्य गर्न समेत सहयोगी हुने विश्वास बैंकको रहेको छ ।नोटको तल्लो भागमा गभर्नर डा. चिरंजीबि नेपालको दस्तखत रहेको छ ।
साथै, नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number नेपालीमा वि.सं. २०७३ लेखिएको छ ।
नोटको पृष्ठ भागमा ः–
१. नोटको माथिल्लो भागमा अंग्रेजीमा NEPAL RASTRA BANK लेखिएको छ ।
२. नोटमा वन्य याक तथा हुम्ला जिल्लाको लिमी क्षेत्रको हिमालको चित्र रहेको ।
३. नोटको तल्लो भागमा अंग्रेजीमा RUPEES FIVE लेखिएको ।
४. नोटको तल्लो भागको बोर्डरमा Series Number अंग्रेजीमा 2017 A.D लेखिएको ।
नयाँ नोटको पृष्ठ भागमा राखिएको याकको चित्र नेपालमा ३० वर्ष पछि हुम्ला जिल्लाको लिमी क्षेत्रमा देखिएको दुर्लभ तथा लोपोन्मुख वन्य याकको हो । दुर्लभ वन्य याक तथा याक पाइएको हिमालीको क्षेत्रको चित्र राख्दा दुर्लभ वन्यजन्तु सम्बन्धी जनचेतना भई सोको संरक्षणमा समेत टेवा पुग्ने विश्वास बैंकको रहेको छ । साथै, नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number अंग्रेजीमा 2017 A.D लेखिएको छ ।