भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 24, 2017 | 10:44:35 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय उद्योगी व्यवसायीसंग भेट गरेका छन् ।

भेटमा प्रधानमन्त्री देउवाले संविधान निर्माणपछि स्थिरताको संकेत देखिएको भन्दै अहिले नेपालमा लगानीका लागि उपयुक्त वातावरण रहेकाले त्यसको फाइदा लिन भारतीय लगानीकर्तालाई आह्वान गरेका छन्। देउवाले भारतीय लगानीलाई नेपालमा थप प्रोत्साहित गर्न प्रक्रियागत झन्झट सरलीकरण गर्ने र पूर्वाधार क्षेत्रमा रहेका भनिएका बाधा खुकुलो पार्ने प्रतिवद्धता समेत जनाए।

भारतीय उद्योगी व्यवसायीको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, "वर्षौंको नीतिगत गतिरोध र अस्थिरतापछि नेपाल अहिले आर्थिक वृद्धिको संघारमा छ। हामी गति लिन तयार छौं। हामी तपाईँलाई हामीसँग काम गर्न न्यानो स्वागत गर्छौँ।"

भारतीय लगानीकर्ताहरुले पूर्वाधारसहित जलविद्युत्, पर्यटन, स्वास्थ्य सेवा लगायतका क्षेत्रमा लगानी विस्तार गर्न आफूहरुले चाहेको बताएका छन्। नेपालको वस्तु व्यापारको दुई तिहाई र सेवा व्यापारको एक तिहाई हिस्सा भारतले ओगट्दछ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved