एचआईडिसीएलको झन्डै २ करोड कित्ता शेयर लिलाममा, सर्वसाधारणले पनि किन्न पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2024 | 06:09:09 AM मा प्रकाशित

laxmi  sunrise bank

हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले लिलाम बढाबढ मार्फत संस्थापक शेयर विक्री गर्ने भएको छ। इच्छुक सर्वसाधारण तथा कम्पनी र संस्थाहरुले समेत आवेदन दिन सक्नेगरि संस्थापक शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागिएको हाइड्रोइलेक्ट्रीसिटिले जनाएको छ। 

कम्पनीकाअनुसार लिलाम बढाबढ मार्फत  १ करोड ७८ लाख ४० हजार १४० कित्ता संस्थापक शेयर लिलाम मार्फत विक्री गर्न लागिएको हो। यहि चैत २५देखि  २०८१ बैशाख ९ गतेसम्मको लागि इच्छुकहरुको लागि आबेदन खुला गरिएको छ। 

यसअघि असार ५ देखि असार १९ गते ३३ करोड कित्ता संस्थापक शेयर सर्वसाधारणको लागि लिलाम बढाबढमा राखिएको थियो। जसमा ४६ लाख ४ हजार ९९५ कित्ता मात्रै विक्री भएको थियो। त्यसलगत्तै कम्पनीले भदौ २० देखि असोज ४ गतेसम्मको लागि अवितरित २३ करोड २० लाख ४४ हजार ४८५ कित्ता संस्थापक शेयर लिलाममा राखिएको थियो।  जसमा फेरि १० लाख ७ हजार १७० कित्ता मात्रै विक्री भएको थियो। 

पटक पटक लिलाममा राख्दा पनि विक्री नभएपछि कम्पनीले सर्वसाधारणले समेत आबेदन दिन पाउनेगरि  २२ माघदेखि ८ फागुनसम्मको लागि बिक्रि खुला गरिएको थियो। तर त्यसबेला पनि मात्रै ४३ लाख ५७ हजार १८५ कित्ता मात्रै विक्री भएको थियो। पटक पटकको लिलामीमा बिक्रि नभएपछि कम्पनीले अहिले फेरि चैत २५देखि विक्री नभएका १ करोड ७८ लाख ४० हजार १४० कित्ता संस्थापक शेयर लिलाममा राखेको हो। 

हाइड्रोइलेक्ट्रीसिटिका १ करोड ५१ लाख ५९ हजार ८६० कित्ता संस्थापक शेयर यसअघि नै नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत भईसकेका छन्। 

अहीले लिलाममा राखिएका संस्थापक शेयरका लागि सर्वसाधारण, कम्पनी तथा संस्थाहरुले आबेदन दिन पाउनेछन। इच्छुक जोकोहीले प्रतिकित्ता न्युनतम १०० रुपैयाँको दरले न्युनतम एक सय कित्ताको लागि आबेदन दिनुपर्नेछ। अधिकतमको लागि कुनै सिमा तोकिएको छैन। कुनै संस्थाले चाहेमा नियामाकीय निर्देशन भित्र हुनेगरी कम्पनीले अहिले लिलाममा राखेको सम्पूर्ण शेयर खरिद गर्न सक्नेछ। 

अहिले लिलाममा राखिएका शेयरहरु बिक्रि भएपश्चात नेप्सेमा सुचिकृत भई कारोबारमा आउने कम्पनीले जनाएको छ।  कम्पनीले शेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटललाई नियुक्त गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved