रिडी पावर कम्पनीले लिलामीमा ल्याएको हकप्रद शेयर बाँडफाँड, कट अफ मूल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2024 | 09:09:10 AM मा प्रकाशित

laxmi  sunrise bank

रिडी पावर कम्पनी लिमिटेडले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयर बाँडफाँड भएको छ। कम्पनीले वैशाख १७ गते शेयर बाँडफाँड गरेको हो।

कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्बसाधारण समुहतर्फको ११ लाख ३५ हजार ६ सय ५७ कित्ता शेयर लिलाम गरेको थियो ।उक्त लिलामीको शेयरको कट अफ मूल्य १४८.१० रुपैयाँ कायम भएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ। १४८.१० रुपैयाँभन्दा माथि कबुल गर्ने सबैले शेयर पाएका छन् भने १४८.१० रुपैयाँमा कबुल गर्नेलाई समानुपातिक रुपमा सापेक्षिक भार अनुसार शेयर बाँडफाँड गरिएको छ । 

लिलामीमा शेयर नपरेका आवेदकलाई कम्पनीले वैशाख २० गते गतेदेखि पैसा फिर्ता गर्न जनाएको छ । आवेदन फारममा उल्लेख गरिएको खातामा आईपीएस मार्फत रकम ट्रान्सफर गरिने क्यापिटलले उल्लेख गरेको छ। पैसा फिर्ता आए नआएको यकिन गर्न र नआएको खण्डमा क्यापिटलमा सम्पर्क गर्न पनि क्यापिटलले आग्रह गरेको छ । 

कम्पनीले  चैत्र २९ देखि वैशाख ९ गतेसम्म शेयर लिलाम गरेको थियो। कम्पनीले १:०.५ को अनुपात अर्थात् ५० प्रतिशतले हुन आउने ७७ लाख ४४ हजार ५ सय ६ कित्ता शेयर निष्काशन गरेको थियो । हकप्रदमा बिक्री नभएको शेयर कम्पनीले लिलाम गरि बाँडफाँड गरेको हो। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved