गाडी किन्दा प्यान अनिवार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2023 | 10:20:49 AM मा प्रकाशित

laxmi  sunrise bank

अबदेखि चार पाङ्ग्रे सवारी खरिद गर्न स्थायी लेखा नम्बर (प्यान कार्ड) अनिवार्य गरिएको छ । अब प्यान कार्ड पेश नगरी चार पाङ्ग्रे सवारी किन्न गर्न नपाइने भएको छ ।

आन्तरिक राजस्व विभागले यातायात व्यवस्था विभागलाई पत्र पठाउँदै प्यान नम्बर उल्लेख नगरेमा गाडीको नामसारीको प्रक्रिया अगाडि नबढाउन भनेको छ । आन्तरिक राजस्व विभागले गाडी बिक्रेताहरुको संगठन नाडा अटोमोबाइल एसोसियसन अफ नेपाललाई समेत पत्र पठाउँदै प्यान कार्ड नलिएका व्यक्तिलाई गाडी नबेच्न भनेको छ ।

विभागले आफू मातहतका ४३ वटा आन्तरिक राजस्व कार्यालयलाई समेत पत्राचार गरेर प्यान कार्ड नभएकाहरुले गाडी खरिद गरे र प्यान नभएकालाई गाडी बिक्री गरे बिक्रि गर्ने र खरिद गर्ने दूबैलाई कारबाही गर्न निर्देशन दिएको छ । विभागले यो निर्देशन र नीति बजेटको कार्यान्वयन भएको बताएको छ । 

सरकारले चालु आर्थिक वर्षको बजेट भाषण गर्दा चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा खरिदकर्ताले अनिवार्य रूपमा स्थायी लेखा नम्बर पेश गर्नु पर्ने व्यवस्था गर्ने उल्लेख थियो । बजेटमा भएको उक्त घोषणाका आधारमा आन्तरिक राजस्व विभागले गत साउनमै प्यान नभएका व्यक्तिलाई गाडी बिक्री गर्न गाडी व्यवसायीलाई पत्राचार गरेको थियो । सँगै, त्यतिबेला नै प्यान नलिएको पाइए त्यस्ता गाडी धनीहरुको नाममा गाडी नामसारी नगर्न पनि यातायात व्यवस्था कार्यालयलाई पत्राचार गरेको थियो ।

तर, उक्त पत्रको बेवास्ता गर्दै प्यान नलिएकाहरुलाई पनि व्यवसायीहरुले गाडी बिक्री गरेको उजुरी आएपछि विभागले अहिले पुनः प्यान अनिवार्य गर्न पत्राचार गरेको विभागका सूचना अधिकारी राजु प्याकुरेलले बताए । 

गाडी खरिद गर्दा प्यान नम्बर अनिवार्य पेश गर्नुपर्ने भएपछि वैध आर्जन गर्नेले मात्रै गाडी किन्ने विश्वास लिएर यस्तो व्यवस्था गरिएको बताइन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved