लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो जुनसुकै ब्राण्डको गाडीसँग हुण्डाई गाडी साट्ने अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2023 | 05:23:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले 'Wheels of Change' नामक एक्सचेञ्ज अफर ल्याएको छ । श्रावण १८ बाट सुरु हुने यो योजना हुण्डाई नेपाल अन्तर्गतको Hyundai Promise को सहकार्यमा ५ प्रतिष्ठित कार एक्सचेञ्ज विक्रेताहरुसँगको साझेदारीमा ल्याइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार आफ्नो कुनैपनि ब्राण्डको गाडी ल्याएर हुण्डाईको उत्कृष्ट, गुणस्तरीय र विश्वसनिय इन्धनयुक्त वा विद्युतिय उत्पादनसँग एक्सचेञ्ज गर्न सकिने छ । जस अन्तर्गत काठमाण्डौ अटोमोबाइल सेन्टर, बाबा बसेरा अटो ग्रुप प्रा.लि., आर के अटो सेन्टर, श्रेया अटो इन्टरप्राइजेज्र रेसिङ्ग अटोमोबाइल इन्टरप्राइजेज्गरी ५ प्रतिष्ठित एक्सचेञ्ज पार्टनर्सहरु संग सहकार्य गरेको कम्पनीले जनाएको छ । यो योजना नेपालभरीनै लागू हुने भएकोले उपत्यका बाहिर यो योजनामा सहभागी हुन आफ्नो नजिकैको हुण्डाईको शोरुममा जान सकिने कम्पनीले उल्लेख गरेको छ।

कम्पनीका अनुसार यो योजनाले ग्राहकहरुलाई हुण्डाईको विभिन्न उपलब्ध मोडलहरुमा रु. ५,००,००० सम्मको नगद छुट, रु. १,५०,००० सम्मको एक्सचेञ्ज बोनस र रु.२५,००० सम्मको एसेसरिज पनि प्राप्त गर्न सक्नेछन्। एक्सचेञ्ज पार्टनर र हुण्डाई शोरुममा गएर हुण्डाई गाडीको टेष्ट ड्राइभ गरी आकर्षक उपहारहरु पनि जित्न सकिने कम्पनीद्वारा जारी प्रेश विज्ञप्तिमा उल्लेख छ । योजना स्थलमै तुरुन्तै पुरानो गाडीको मूल्याँकन गरी छिटो छरितो माध्यमद्वारा यो एक्सचेञ्ज योजना सफल बनाउन हुण्डाई प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved