निशुल्क सर्भिस क्याम्प गर्दै सुजुकी, ४ जनाले होलिडे प्याकेज पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2023 | 01:47:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता  तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले श्रावण २४ देखि २६ गतेसम्म मनसुन  फ्री  सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । मनसुन मौसममा हुँने लगातार वर्षाले कुनै पनि सवारी साधनमा नकारात्मक  प्रभाव पार्नसक्ने हुनाले  यसमा ध्यान पुराउन अत्यन्त जरुरी छ भनि कम्पनीले जनाएको छ ।

सुजुकी ग्राहकलाई  यो बिषयमा जानकारी गराउन र उनीहरुको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प संचालन हुन लागेको कम्पनीले उल्लेख गरेको छ। कम्पनीका अनुसार सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर  पाउनको साथै ४ जना भाग्यमानी ग्राहकले चितवनस्थित टाइगर ल्यान्ड सफारी रिसोर्टमा होलिडे प्याकेज पनि जीत्नु सक्ने छन्।

कम्पनीका अनुसार सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी÷ हिटर  चेक, ब्याट्री चेक र  ओभरअल चेकअपको सुविधा पाउनेछन् । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा  ५०  प्रतिशत छुट  पाउने र लेवर चार्जमा २०% छुट  तथा  एसोसरिजमा, स्पेयर पार्टस् र  इन्जिन आयलमा १० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार सुजुकीको मनसुन  फ्री सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved