विराटनगर उडेको २ घण्टापछि बुद्धको जहाज काठमाडौँमा अवतरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2021 | 10:30:10 AM मा प्रकाशित

laxmi  sunrise bank

बुद्ध एयरको जहाज विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेर काठमाडौँ फर्किएर कयौँ फन्को लगाएपछि बल्ल अवतरण भएको छ । आकाशमै कयौँ फन्का लगाएर अहिले बुद्धको जहाज बल्ल आकस्मिक अवतरण भएको हो । 

ल्याण्डिङ गियरमा समस्या भएपछि विराटनगरमा अवतरण हुन नसक्दा जहाज काठमाडौँ नै फर्किएको हो । 

आकस्मिक अवतरणका लागि काठमाडौँ फर्काइएको भएपनि ल्याण्ड हुन नसकी आकाशमै फन्को मारेर घुमेको थियो । जहाज बिहान ८ः१५ बजे काठमाडौँबाट बिहान विराटनगर उडेको थियो ।

काठमाडौँबाट उडेको २ घण्टाभन्दा बढी समयपछि जहाज बल्ल ल्याण्ड भएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved