नेपाल एयरलाइन्सको टिकट बिक्री कक्षमा सोभेनियर सेल्स काउण्टरको स्थापना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2021 | 09:04:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमले नेपाली मौलिक उत्पादनहरु यात्रुलाई बिक्रीको रुपमा उपलव्ध गराउन निगमको टिकट बिक्री कक्षमा सोभेनियर सेल्स काउण्टरको स्थापना गरेको छ । 

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारले उक्त सेल्स काउण्टरको एक समारोहकाबीच आज उद्घाटन गरे। केन्द्रीय कार्यालयको टिकट बिक्री कक्षमा खोलिए जस्तै सोभेनियर सेल्स काउण्टर निगमका अन्य कार्यालयहरुमा पनि क्रमशः खोल्दै जाने लक्ष्य राखिएको छ । 

नेपालको कला संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा व्यापकता प्रदान गर्दै विपन्न वर्गको सीपलाई प्रोत्साहन गरी नेपाली उत्पादनलाई स्वदेशी एवम् विदेशी यात्रुहरुको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा पु¥याउने उद्देश्यले निगमको टिकट बिक्री कक्षमा सोभेनियर सेल्स काउण्टरको स्थापना गरिएको जनाइएको  छ।

नेपाली कच्चा पदार्थ बास, घास आदिबाट बनेका ढक्की, व्यालेट, पर्सका साथै कप, टि–म्याट, विमान चढ्दा सजिलोको लागि लगाउने नेक पिलो  र विमानका नमूना जस्ता सामानहरु सेल्स काउण्टरमा उपलव्ध हुने निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले जनाएकी छन्। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved