मन्त्रिपरिषद्को बैठक बस्दै, संसदको बजेट अधिवेशन बोलाउने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2024 | 09:43:42 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार मन्त्रिपरिषद्को बैठक बस्दैछ। बैठक  प्रधानमन्त्री कार्यालय सिंहदरवारमा दिउँसो २ बजेको लागि बोलाईएको छ।

आजको बैठकले संघीय संसदको बजेट अधिवेशन आह्वानको लागि राष्ट्रपति समक्ष् सिफारिस गर्ने निर्णय गर्ने बताईएको छ । बजेट अधिवेशन वैशाख २५ वा २६ का लागि बोलाउने सरकारको तयारी छ । जेठ १५ मा आगामी वर्षको बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले बजेट अधिवेशन बोलाउने तयारी गरेको हो।

बुधबार सञ्चारकर्मीहरुसँग बुधबार कुराकानी गर्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संसद्‌को आगामी बजेट अधिवेशन वैशाख २५  वा २६ गते बोलाउने तयारी गरिएको जानकारी दिएका थिए। सरकारले गत चैत ३० मा हिउँदे अधिवेशन अन्त्य गरेको थियो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved