बुद्ध एयरको जहाज भरतपुरमा आपतकालीन अवतरण

रासस

रासस

Dec 16, 2021 | 02:25:39 PM मा प्रकाशित

laxmi  sunrise bank

बुद्ध एयरको जहाज भरतपुरमा आपतकालीन अवतरण गरिएको छ । भरतपुर बाट उडान भरेको केहीबेरमै यान्त्रिक गडबडी आएपछि फेरि भरतपुरमै अवतरण गरिएको हो ।  

नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकका अनुसार दिउँसो एक बजेर १६ मिनेटमा आकाशमा उड्नेबित्तिकै प्राविधिक समस्या देखिएको क्याप्टेनले जनाएपछि तत्काल भरतपुरमै अवतरण गरिएको हो । 

जहाज अवतरणपछि सबै यात्रु सकुशल बाहिर निस्किएका छन् । अन्य कारणका बारेमा खोजी भइरहेको छ ।

बुद्ध एअरको बीच क्राफ्ट जहाजमा १८ यात्रु र चालक दलका सदस्य रहेका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved