मौसम सफा नभए उडानको अनुमति नदिईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2022 | 05:25:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मौसम सफा नहुँदा आन्तरिक उडान गर्न नपाउने निर्णय गरेको छ । मुस्ताङको खासाङमा तारा एयरको विमान दुर्घटनाको कारण खराब मौसम भएको प्रारम्भिक अनुमान भएसँगै प्राधिकरणले यस्तो निर्णय गरेको हो ।

प्राधिकरणका प्रवक्तासमेत रहेका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले अबदेखि इनरुट मौसम सफा नभएको अवस्थामा उडानको अनुमति नदिने निर्णय गरिएको जानकारी दिए । 

अहिलेसम्म उड्ने विमानस्थल र ल्याण्ड हुने विमानस्थलको मौसम सफा भएमा उडान अनुमति दिँदै आएकोमा अब भने इनरुट मौसम सफा नभएसम्म उडान अनुमति नदिने भएको हो । 

इनरुट भनेको विमान उड्ने स्थान, विमान पुग्ने स्थान र उडानको बाटो समेत पर्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved